बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष गरी ६५ जना रहेका छन् । त्यस्तै १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले १२ महिला र १८ पुरुष गरि ३० जना बाढी पहिरोमा परि बेपत्ता भएका छन् । बाढी पहिरोमा १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्ताे छ नेपाल प्रहरीले तयार गरेकाे बाढी पहिराेकाे क्षति अपडेट

 

Loading...