काठमाडौं, ३ बैशाख । उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले बुधबारबाट लकडाउनलाई थप कडा बनाएको छ। कोरोनाका नयाँ संक्रिमितको संख्या कमि देखिन थालेपछि लकडाउन केही खुकुलो हुन थालेकाे थियाे । तर, पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोना पोजिटिभ भेटिएपछि मंगलबारबाट प्रहरीले लकडाउनलाइ अझै कडा बनाइएको हो । […]
मुख्य विशेष
वैशाख १५ सम्म लम्बियो लकडाउन
बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन जारी छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, […]
कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण
एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ। […]
काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको आशंका, सबै अस्पताल भर्ना
काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई […]
काठमाडौँमै देखियाे काेराेना
काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ पाइएकाे हो । र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले उनीहरु ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका छन् । चैत्र ५ गते […]
फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४
काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको […]
नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षकै पारिश्रमिक नलिने
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् । नेकपा प्रचार बिभाग प्रमुख समेत […]
इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी
काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]
प्रचण्डको कुरा ओलीले गरे ठाडै अस्वीकार, कोठामा बसेर निर्देशन नदिन प्रचण्डलाइ चेतावनी
काठमाडौँ । कोरोना महामारीको सामना गर्न सबै राजनीतिक दलहरुलाइ साथ लिनुपर्ने आवाज उठन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय संयन्त्र निर्माणको प्रस्ताव पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरेका थिए । तर, प्रम ओलीले त्यो प्रस्तावलाइ ठाडै अस्वीकार गरेका छन् । उनले प्रचण्डको प्रस्तावलाइ अस्वीकार […]
बाघको आक्रमणबाट कपिलवस्तुमा दुई गम्भीर घाइते
बाघको आक्रमणबाट कपिलवस्तुमा दुई जना गम्भीर घाइते भएका छन् । बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् । अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका […]










