वैशाख १५ सम्म लम्बियो लकडाउन

बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन जारी छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। 

नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशालामा प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि भिटिएम टेस्टको रिपोर्ट सार्वजनिक भएकाे छैन ।तर, स्रोतले २ जनामा काेराेना पोजिटिभ पुष्टि भैसकेकाे दाबी गरेकाे छ ।

Loading...