सागमा पदक बिजेता खेलाडीलाइ पठायो सरकारले दिएको नगद पुरस्कार

 

बैशाख ३ ,काठमाडौँ । 
१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता नेपाली खेलाडीलाई सरकारले घोषणा गरेको नगर पुरस्कार पठाउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पहिलो चरणमा मंगलबार पदक जित्ने विभिन्न खेलाडीको खातामा गरी ५ करोड रुपैयाँ पठाएको जानकारी दिएका छन् ।

मंगलबार सर्भरमा समस्या भयकाकरण बाकि रहेका केही खेलाडीको रकम हाल्न नसकेको र बुधबार सम्म सबै खेलाडीले बैंक खातामा रकम पठाईने सिलवालले बताएका छन् । गएको मंसिरमा काठमाडौं पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २०७ पदक जितेका थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै पदक विजेताका खेलाडीलाइ निवास बालुवाटारमा पुरस्कार घोषणा गरे ता पनि खेलाडीले रकम पाएका थिएनन् ।

युवा तथा खेलकुद मन्त्रालये खेलाडी र प्रशिक्षकको लागि २४ करोड भन्दा बढी रकम निकासाको लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसै अनुसार रकम निकासासमेत भइसकेको छ । मन्त्रालयले खेलाडी, प्रशिक्षकलगायत छ सय २८ जनालाई पुरस्कार रकम पठाउनुपर्नेछ । त्यसमा चार सय ९१ जना खेलाडी छन् । खेलाडीको पुरस्कारवापत १८ करोड ३७ लाख रुपैयाँ खर्च हुने राखेपले जनाएको छ ।

१३ औ सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख, रतत जित्ने ६ लाख र कास्य जित्नले ३ लाख रकम पाउनेछन् । यस्तै टिम इभेन्टसमा स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ दरले पाउने घोषणा प्रधानमन्त्रीले गरेका थिए । जसअनुसार ४ स्वर्ण जितेकी पौडीबाज गौरिका सिंह चार स्वर्णको ४४ लाख पाउनेछिन् । उनले २ रजत र ३ कास्य समेत जितेकी छन् । यस्तै करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले पनि २–२ स्वर्ण जितेका थिए ।

पुरस्कारसम्बन्धी संशोधित कार्य्विधिअनुसार सागमा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ५ लाख, रजत जित्ने खेलको प्रशिक्षकले ३ र कास्य जित्ने खेलको प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै सहायक प्रशिक्षकमा स्वर्ण जित्नेकोले ३ लाख, रजत जित्नेकोले २ लाख र कास्य जित्नेकोले एक लाख रुपैयाँ पाउनेछन् ।

यो समाचार पढेर तपाइलाइ कस्तो लाग्यो ? प्रतिक्रिया दिनु होला

 

Loading...