भित्रि शहरमा पनि बुधवारबाट लकडाउन झनै कडा

काठमाडौं, ३ बैशाख ।  उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले बुधबारबाट लकडाउनलाई थप कडा बनाएको छ।

कोरोनाका नयाँ संक्रिमितको संख्या कमि देखिन थालेपछि लकडाउन केही खुकुलो हुन थालेकाे थियाे । तर, पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोना पोजिटिभ भेटिएपछि मंगलबारबाट प्रहरीले लकडाउनलाइ अझै कडा बनाइएको हो । 

काठमाडौँ, ललितपुर र भक्तपुर लगायतका बढी जनघनत्व भएका भित्रि बस्ती, स-साना गल्ली, चाेकमा अनावश्यक समूह जम्मा हुने कारण संक्रमण नियन्त्रणमा चुनौती देखिएको बताइन्छ । लकडाउन शुरु भएपछि उपत्यकामा दैनिकजसो तीनदेखि चार हजारको संख्यामा लकडाउन उल्लघंन गर्नेहरु पक्राउ पर्दै छुट्दै आएका छन्। प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदै ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गर्दै आएको छ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि नभएर सम्पूर्ण नागरिकको सुरक्षाको लागि सरकारले निर्णय गरेवमाेजिम भएकाेले अत्यावश्यक कामवाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले आग्रह गर्ने गरेको छ। तर पनि मानिसहरु लकडाउनलाइ वास्ता नगरेर हिड्ने गरेका छन् । 

Loading...