काठमाडौँमै देखियाे काेराेना

काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् ।

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ पाइएकाे हो ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले उनीहरु ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका छन् । चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बसेका थिए ।

उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको र अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर श्रोतले जनाएको छ । कोरोना पोजेटिभ देखिएको बारे औपचारिक पुष्टि भने भएको छैन ।

र्‍यापिड टेष्टकाे रिपोर्ट पक्का भने नहुने बताइएकाे छ । भिटिएम बाट मात्र रिपोर्ट पक्का हुने एक चिकित्सकले बताए । उनका अनुसार र्‍यापिड टेष्ट रगतबाट गरिने टेष्ट हो । यसको रिपोर्ट २० मिनेट भित्रै आउछ भने भिटिएममा नाक र घाटीको स्वाब संकलन गरी काेराेना परीक्षण गरिन्छ ।

Loading...