इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी

काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकी राज्य न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या ८ हजार ६२७ रहेको छ । त्यसपछि न्यू जर्सीमा दुई हजार १८३, मिसिगनमा एक हजार ३९२, लुजियानामा ८०६, मासासुचेट्समा ६८६ तथा क्यालिफोर्नियामा ६३० जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार भन्दा बढी पुगेको छ।

पछिल्ला केही दिनयता दैनिक ३० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुने दुवैका हिसाबमा सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।

इटालीमा अहिलेसम्म १९ हजार ४६८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ५२ हजार २७१ रहेको छ । यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ६०६, तथा संक्रमितको संख्या एक लाख ६३ हजार २७ त ।

फ्रान्समा अहिलेसम्म १३ हजार ८३२ जनाको कोभिड–१९ बाट ज्यान गइसकेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख २९ हजार ६५४ रहेको छ । बेलायतमा ९ हजार ८७५, इरानमा ४ हजार ३५७, बेल्जियममा तीन हजार ३४६ तथा नेदरल्याण्डमा दुई हजार ६४३ जनाको ज्यान गएको छ ।

विश्वभर अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार ७७३ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या १७ लाख ७८ हजार ८५७ पुगेको छ । अहिलेसम्म चार लाख दुई हजार ६५१ जना निको भएर घर फर्किएका छन् ।

Loading...