अनलाईन कक्षा तत्काल सम्भव छैन : मन्त्री, सुदूरपश्चिम

काठमाडौं । सबै बालबालिकाको पहुँच नपुग्ने निष्कर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले तत्कालै अनलाइन कक्षा संचालन नगर्ने टुंगोमा पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने ठानेर लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा सामाजिक विकास मन्त्रालय पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री […]

लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार

काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं […]

भारतले रेल सेवा सुरुगरेसँगै नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने खतरा

काठमाडाैं । मंगलबारबाट भारतले आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। भारतमा रेलसेवा सुरुभएपछि त्यहाँ रहेका ठूलाे संख्यामा नेपालीहरु एकैसाथ नेपाल अाउने र त्यसले नेपालमा भाइरसकाे संक्रमण बढ्ने खतरा अाशंका गरिएकाे छ । नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै आएका व्यक्तिहरुका कारण भएकाे छ । पछिल्लाे समय काेराेनाकाे इपिसेन्टर मानिएकाे कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही, विरगञ्ज, केही समय […]

सिक्किमको हिमाली क्षेत्रमा चीन र भारतीय सैनिकबीच झडप

काठमाडौं, २७ बैशाख । भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ।। उनीहरुलाई सामान्य चोट लागेको […]

केपी ओली र प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै भने भारतले निन्दनीय काम गर्यो

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ। ‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसाे गरिनु निन्दनीय छ,’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल […]

लिपुलेकमा भारतले सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले जारी गर्यो विज्ञप्ति

काठमाडौं, २७ वैशाख । लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले विज्ञप्ति जारी गरेकाे छ । भारतको याे कदमले नेपाललाई दुःखित तुल्याएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेकाे हाे । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन […]

दिउसो चलाउन नपाइने गरी भोलिदेखि राजधानीमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

काठमाडौं, २७ वैशाख । काठमाडौं उपत्यकामा सवारी आवागमन बढेसँगै अब टाइम कार्ड लागु हुने भएकाे छ । भोलि आइतबारदेखि उपत्यकाका तीन वटै जिल्लामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको हाे । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । […]

जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्। शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका […]

लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]

बल्ल गर्यो प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेत विरुद्ध अपहरण मुदा दर्ता

काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ। उनीहरुले केही दिन अघि सांसद सुरेन्द्र यादवलाइ उनकै घरबाट अपहरण गरी काठमाडाैं ल्याएर बन्दी बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । त्यसका विरुद्ध यसअघि सांसद यादव र उनकाे दलका नेताहरुले मुद्दा दर्ता गर्न […]