काठमाडाैं । शुक्रबार बिहान रेलले किच्दा भारतमा १६ जना मजदुरको मृत्यु भएको छ । साथै ५ जना घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको हो। ती मजदुर रेलकाे लिकमा सुतिरहेका बेला रेलले किचेकाे बताइएकाे छ। घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना […]
मुख्य विशेष
आजदेखि वजेट अधिवेशन, पत्रकारलाई कलम र डायरी समेत लिन लगाइयो रोक
काठमाडौं, २६ वैशाख । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वजेट अधिवेशन समेत रहेको संसदको वर्षे अधिवेशन अपरान्ह ४ बजेदेखि सुरु हुने बताइएको छ । कोरोनाको सन्त्रासबीच सुरु हुन लागेको यस अधिवेशनमा पत्रकारहरुलाई प्रवेश पास दिइए पनि उनीहरुलाई कलम र कापी केही पनि लिन नदिने गरी बन्देज लगाइएको छ । यो अधिवेशनमा प्रतिनिधि सभा […]
सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२
काठमाडौँ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देशकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् […]
कोरोनाले एक दिनमा दक्षिणी गाेलार्धमै सबैभन्दा बढीको मृत्यु ब्राजिलमा
काठमाडौं, २५ बैशाख । ब्राजिलमा कोरोनाले दक्षिणी गाेलार्धकै देशमध्ये एकै दिनमा सबैभन्दा बढी जनाको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार यो मृत्यु दक्षिणी गाेलार्धका एक देशमा एकै दिन भएको सबैभन्दा बढी हो। जोन हपकिन्स विश्वविद्यालयका अनुसार योसमेत गरेर ब्राजिलमा हालसम्म ८ हजार ५ सय […]
पेप्सिकेलाकाे सनसिटीका एक व्यक्तिमा फेरि देखियाे काेराेना
काठमाडौं, २३ वैशाख । काेराेना लागेर अस्पताल भर्ना भइ घर फर्केका एक जनामा फेरि काेराेना देखा परेकाे छ । काठमाडाैंकाे पेप्सीकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक व्यक्तिमा फेरि काेराेना भाइरस देखा परेकाे हाे । केही दिन अघि मात्र ती व्यक्तिमा काेराेना भेटिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सिकोलाकाे सिनसिटी अपार्टमेन्टका ५२ वर्षका […]
राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते
लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]
शिवराज विपद्कोषमा शिक्षकहरु गरे झण्डै ९ लाख सहयोग
शिवराज नगरक्षेत्रभित्र कार्यरत शिक्षकहरुले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८४ हजार ८सय ७९ रुपैयाँ सहयोग गरेका छन् । शिक्षकहरुका विभिन्न संघ संगठनका अगुवाहरु आइतबार नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरे । शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्मा, शिक्षक महासंघ शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका […]
नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित
नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]
भारतमा दुई हप्ता लम्बियो लकडाउन
काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ […]
नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने
काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ । नेकपाले यसअघि एमसीसीबारे […]









