काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]
मुख्य विशेष
विद्यालयबाट फर्कदै गरेका शिक्षकलाई गोली हानी हत्या गर्ने ११ वर्षपछि पक्राउ
काठमाडौँ, २२ असार । ११ वर्षअघि एक शिक्षकलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिकामा शिक्षकलाई एक समूहले गोली हानेर हत्या गरेको थिया े। सोही समूह मध्येका एक ४४ वर्षीय नन्दु बैठा ११ वर्षपछि पक्राउ परेका हुन् । गाउँघरमा प्रवेश गरि लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उनलाई सोमबार […]
मास्क नलगाएर हिड्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारको निर्देशन, एकै जिल्लामा १०२ पक्राउ
काठमाडौँ, २२ असार । मास्क नलगाएर घर बाहिर निस्कनेलाई पक्राउ गर्न सरकारले प्रहरीलाइ परिपत्र गरेको छ । प्रहरीलाइ गृहमन्त्रालयले यस्तो परिपत्र पठाएको हो । परिपत्रमा मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न भनिएको छ । यस्तो पत्र देशभर लागु हुने जनाउँदै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र पठाएको […]
मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत
काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए । प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए […]
चीनलाइ चुनौती दिँदै साउथ चाइना समुन्द्रमा अमेरिका सैन्य अभ्यास गर्दै
एजेन्सी । चीनसँग विवाद जारी रहँदा अमेरिकी नौसेनाले साउथ चाइना सीमा सैन्य अभ्यास गर्ने भएको छ। सैन्य अभ्यासका लागि अमेरिकी सेनाले साउथ चाइना सीमा दुईवटा विमान वाहक पानीजहाज र केही युद्ध पोतहरु पठाउने तयारी गरेको सीएनएनले जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरुले फिलिपिन्स सी र साउथ चाइना सीमा सैन्य अभ्यास हुने जानकारी दिएका छन्। यो सैन्य […]
राजधानी छिर्न तीन नाकाबाट आएका ३९० सवारी साधन फिर्ता पठाइयो, ७२ सवारी नियन्त्रणमा
काठमाडौं । विभिन्न तीन नाका प्रयाेग गरेर राजधानी छिर्न खाेज्ने ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। त्यसैगरी ७२ वटा सवारी साधनलाइृ नियन्त्रणमा लिएकाे छ। उपत्यका बाहिरका जिल्लाबाट नागढुंगा, जगाती र फर्पिङ नाका हुँदै बुधबार राजधानी छिर्न खाेजेका ती गाडीलाइ फर्काइएकाे हाे । प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको […]
प्रचण्डसहित नेकपाका सबै शिर्ष नेताले मागे प्रम र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजिनामा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै शिर्ष नेताहरुले ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै केपी अाेलीलाइ दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको […]
राष्ट्रपति ट्रम्पलाइ गिरफ्तार गर्न इरानले जारी गर्यो वारेन्ट, इन्टरपोलसँग माग्यो मद्दत
एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो। तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले सोमबार भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० […]
सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध
काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्। भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे […]
विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु
सुर्खेत, १५ असार । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाकाे खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ […]











