राजधानीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगेहात पक्राउ

काठमाडौं, ५ असार । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले राजधानीकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेकाे छ । विकास निर्माणकाे काम सम्पन्न भएकाे भुक्तानी दिएवापत लाख बढी घुस मागेकाे खुलेपछि अख्तियारले उनलाइ निगरानी राखेर पक्राउ गरेकाे बताइएकाे छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी छन् । उनलाइ साेही नगरपालिकाका सव-इन्जिनियर किशोर मोक्तानसँगै पक्राउ गरिएकाे हाे । उनीहरुले नगरपालिकाकाे एक विकास निर्माणको काम सम्पन्न भएपछि त्यसकाे भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग निकै वार्गेनिङ गरेर घुस मागेका थिए । साेही क्रममा उनीहरुले सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएका थिए । घुस लिइरहेका बेला आयोगको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएकाे हाे ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले नगरपालिकाको कार्यालय परिसरबाटै उनीहरुलाइ पक्राउ गरिएकाे बताए । सोमबार करिब साढे १२ बजेको समयमा उनीहरुले सेवाग्राहीसँग घुस लिएका थिए । घुस लिएकाे अवस्थामा दुवै जनालाई पक्राउ गरिएकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे अायाेगका प्रवक्ता अधिकारीले जानकारी दिए ।

Loading...