नेपालमा आपतकालीन प्रयोग गर्न चिनियाँ खोपलाई अनुमति

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले उत्पादन गरेको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको भेरोसेल नामक खोपलाई सरकारले अनुमति दिएको हो । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, […]

भागरथी हत्याका आरोपीलाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौँ । बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको थियो । प्रहरीले सार्वजनिक […]

दुई करोड हिनामिना आरोपमा प्राविधिक सहायक निलम्बित

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । निलम्बन नगरेको खण्डमा […]

मुख्यमन्त्री कार्यालयको कारको ठक्करले टेम्पो चालकको मृत्यु

लहान, १ फागुन । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

आज देशभर सार्वजनिक विदा, सोनाम ल्होसार मनाइदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]

अब विद्यालयले एसईई लिन नपाउने

काठमाडौं । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । […]

करिश्मा मानन्धर महानायिका घोषित

राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]

आज पनि हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा […]

रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो

काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ । वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका […]

बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट

बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् । सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ […]