माओवादी नै रहेको भन्दै अदालतमा निवेदन दिएका पूर्व माओवादी सांसदको मुद्दा आज पनि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका चार पूर्व माओवादी सांसदको मुद्धामा सर्वोच्चमा आज पनि सुनुवाई स्थगित भएको छ ।

न्यायधीश आनन्दमोहन भट्टराईको इजलासमा आजको पेशी तोकिएको थियो । हिजो पनि हेर्न नभ्याईने भन्दै मुद्धा स्थगित भएको थियो ।
सांसदबाट समेत हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरु माओवादी नै रहेको भन्दै अदालतमा निवेदन दिएका थिए ।

पूर्वमाओवादी नेताहरुले सर्वोच्चमा दायर गरेको रिटमा आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेकोले पुनर्वहाली हुनु पर्ने माग गरेका छन् ।
यस अगाडी माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतकाहरुले निर्वाचन आयोगमा प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम नरहने भनि दिएको निवेदन अषार २७मा  आयोगले खारेज गरिदिएको थियो।

Loading...