काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री […]
मुख्य विशेष
सुरक्षा परिषदको बैठक सम्पन्न, विद्रोही नेकपाकाबारेमा छलफल
काठमाडौं, ११ फागुन । प्रधानमन्त्रीले बोलाएको सुरक्षा परिषदको बैठक सकिएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा बैठक बसेको हो । प्रधानमन्त्रीले संसद पुनस्र्थापना भए संकटकाल लगाउने चर्चा चलिरहेका बेला मंगलबार बिहानै सुरक्षा परिषदको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, रक्षामन्त्रालय स्रोतले भने आजको बैठकमा विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बारेमा छलफल […]
एकातिर वार्ताको कार्ड, अर्कोतिर सर्वोच्चको रिहा आदेश वावजुत नेता पक्राउ
काठमाडौं, १० फागुन । सरकारले एकातिर विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्ने भनिरहेका बेला सो पार्टीका उच्च नेतालाई भने पक्राउ गरेको छ । त्यो पनि सर्वोच्च अदालतको रिहा गर्ने आदेशका बाबजुत पार्टीका उच्च तहका नेता धर्मेन्द्र बास्तोलालाई आज सर्वोच्च अदालत परिसरबाटै जवरजस्त पक्राउ गरिएपछि सरकारको वार्ताकार्डमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतमा बास्तोलाकी छोरी अनिमा […]
यस्तो छ प्रचण्ड र माधव नेपाल बीच भएको ५०–५० को सहमति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत […]
सेटिङमा सर्वोच्चले संसद पुनर्स्थापना गरे आन्दोलन गर्ने ओलीको धम्की
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरे आन्दोलन गर्ने धम्की दिएका छन् । शनिवार विराटनगरमा नेकपाको ओली समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रम ओलीले सो धम्की दिएका हुन् । यसअघि नेकपाका प्रचण्ड–माधव समूहलाई अदालतलाई धम्की नदिन र स्वतन्त्र निर्णय गर्न दिन भन्दै तर्क दिने गरेका प्रम ओलीले शनिवार भने आफै यस्तो […]
सरकारसँग वार्ता गर्न विप्लवको विज्ञप्ति (विज्ञप्ति सहित)
काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिवार एक विज्ञप्ति जारी गर्दै सहज वातावरण बने वार्ता गर्न तयार रहेको बताएका हुन् । विप्लवले विज्ञप्तिमा सहज वातावरण र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था भएमा सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् । […]
६ लाख घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुख पक्राउ
वीरगञ्ज, ८ फागुन । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]
प्रदेश २ को प्रमुखमा परियारको पदमुक्ति लगत्तै राजेश झा नियुक्त
काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुख तिलक परियारलाई बर्खास्त गरेर अर्का प्रमुख नियुक्त गरेकी छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन। राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ […]
राष्ट्रपति भण्डारीले गरिन प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई पदमुक्त गरेकी छन्। प्रदेश २ को प्रमुखमा तिलक परियार रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको […]
संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, निर्णय सुनाउने मिति अझै तोकिएन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म […]









