सर्वोच्चले केपी प्रचण्डको नेतृत्वमा रहेको नेकपालाई दिएन मान्यता, ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नामलाई मान्यता नदिएको हो । निर्वाचन आयोगमा […]

देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपनाका साथ सहमति गरेको विप्लवको भनाई

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए। ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको […]

विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई केही समय अगाडि हिरासत मुक्त गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले आगजनी तथा संगठित अपराधको मुद्दामा बाँस्तोलालाई काभ्रे प्रहरीको हिरासतमा राखिएको र आज रिहा गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले […]

सरकारले गर्याे विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति […]

सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं, २० फागुन । सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार सो सहमति भएको हो। तीन चरणको वार्तापछि सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति भएको हो । सहमतिपछि दुबै टोलीका संयोजकले हस्ताक्षर गरेको प्रेस नोट जारी गरिएको छ ।  दुई पक्षबीच […]

सरकार र विद्रोही नेकपाबीच एकैदिन दुई चरणमा वार्ता

काठमाडाैं । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधवार अपरान्ह भएको दोस्रो चरणको वार्ता विषयवस्तुमा प्रवेश गरेको बताइएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको […]

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बार्ता टोली

काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादललाई दिइएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक विज्ञप्ति जारी गर्दै विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । वार्ता टोलीमा […]

फागुन २३ गते बोलाइयो पुनर्स्थापित प्रतिनिधि सभाको बैठक

काठमाडौं, १७ फागुन । पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन […]

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरू

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरू गरेका छन् । वडा तहबाटै काम शुरू भएको बताइएको छ । […]

सरकारले ग¥यो ३६ जिल्लाका सिडिओसहित ५२ सहसचिव, उपसचिवको सरुवा

काठमाडौ, १४ फागुन। सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो ।  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख […]