काठमाडौँको सिडीओमा गोबिन्द रिजाल

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा गोबिन्द रिजालको सरुवा भएको छ ।

गृह मन्त्रालयले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो । पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो ।

जाजरकोट, सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना र दाङमा २२ महिना भन्दा बढी समय सिडिओ भएका थिए । 

Loading...