काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा […]
मुख्य विशेष
रौतहटमा मतपेटिका लुटियो
रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित […]
झडप, मतपेटिका फोड्ने, कर्मचारी कुट्ने भएपछि आयोगले पोख्यो दलहरुसँग असन्तुष्टि
काठमाडौँ । स्थानीय तहको निर्वाचनको ४० प्रतिशत मत खसे पनि दलहरूबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोग राजनीतिक दलहरूसँग असन्तुष्ट बनेको छ। आयोग सबैभन्दा बढी गृहमन्त्री बालकृष्ण खाँणसँग असन्तुष्ट भएको स्रोतले जनाएको छ। शुक्रबार बिहान शान्तिपूर्ण सुरु भएको मतदान दिउँसोतिर केही स्थानमा दलहरुबीचकै विवादका कारण अवरुद्ध भएको छ। सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै आयोगले असन्तुष्टि जनाएको […]
दैलेखमा एमाले र मजदुर किसान पार्टीबीच झडप
दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो । दुई […]
कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
काठमाडौं । नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल […]
पूर्वमन्त्री बस्नेत चढेको गाडी सल्यानबाट दाङ आउँदै गर्दा दुर्घटना
दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए । उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र […]
श्रीलंकामा सेनालाई गोली हान्ने आदेश
कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ […]
मौनअवधिमा भोजभतेरदेखि पैसा बाँड्नेलाई कारवाही गर्न आयोगले खटायो १९ वटा उच्चस्तरीय टोली
बैशाख २७,काठमाडौँ। निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारवाही गर्न १९ वटा उच्चस्तरीय टोली खटाएको छ। आयोगले आज मंगलबार पत्रकार सम्मेलन गर्दै आचारसंहिता उल्लंघनका घटना छानविन गर्न र तत्काल कारवाही गर्न सक्ने अधिकारसमेत दिएर १९ वटा उच्चस्तरीय टोली संवेदनशील स्थानमा परिचालन गरिएको जनाएको छ। आयोगले खताइएको यस्तो टोलीलाइ मौन अवधिमा भोजभतेरदेखि पैसा बाँड्ने, मतदातालाइ आकर्षित […]
कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा
काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् । आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो […]
दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ। कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो। उनको शव दाङ […]











