नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा ३२९ वर्ष पुरानो सम्पदा पुन: स्थापित

बिहीवार दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि निर्देशन दिइरहेका देखिन्थे । प्रायजसो गम्भीर मुद्रामा प्रस्तुत हुने र कमै खुल्ने उनको चेहराको मुस्कानले नगरपालिकाले केहि राम्रै गरेको […]

सकेन नेकपाले सभामुख टुंगो लगाउन

काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]

माइती नेपालद्वारा २३९ जना महिला तथा बालबालिकाको उद्धार

काठमाण्डु, १० पुस । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग […]

महाविर पुनको आविष्कार केन्द्रमा चिनियाँ बिजुली बसका सिइओको अवलोकन

काठमाडौं, १० पुस। चिनियाँ सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका छन् । बुधवार विहान उनी त्यहाँ पुगेको आविष्कार केन्द्रका अधिकारीहरुले बताए । लोले चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ हुन् । कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका लोलेले निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। विद्युतिय सवारी साधन बनाउन […]

मकवानपुरको आकाशका आगोको मुस्लो, हवाईजहाज दुर्घटनाको आशंका

काठमाडौं, ९ पुस । मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रस्थित आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् । ‘बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमाना क्षेत्रमा ठूलो आगोको मुस्लो आइरहेको छ’, बकैया […]

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएकोमा निगम असन्तुष्ट

काठमाडौं, ९ पुस । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो […]

विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान

दाङ, ८ पुस । दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी […]

चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’

काठमाडौं, ८ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस […]

सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ,  

काठमाडौं ७ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन्। […]

हड्पिएका सरकारी जग्गा फिर्ता गर्ने काम सुरु: मन्त्री अर्याल

काठमाडौँ, ७ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएकि छन् । सर्लाहीको बरहथवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता मन्त्री अर्याल स्वयं सर्लाही पुगी दर्ता बदर गराएकि थिईन भने अस्ति शनिबार चितवनमा व्यक्तिले हडपेको […]