सर्लाही । सर्लाहीमा बयलगाडा (गोरुगाडा) ले किचेर एक बालकको ज्यान गएको छ । बरहथवा–१६, बैरहरियामा स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुवास कुम्हालको ज्यान गएको हो । बालक बयलगाढामै सवार थिए । शनिबार दिउँसो बयलगाडाबाट लडेर उनी किचिएका र गम्भीर घाइते अवस्थामा वीरगन्ज न्युरो अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उपचारकै क्रममा शनिबार राति १० […]
मुख्य विशेष
डीसीसी प्रिमियर लिग : प्रिन्ट हब किङ्स फाइनलमा, बिपिनको शतकीय इनिङ्स
बुटवल । सिटी एक्सप्रेस तथा एक्सपोर्ट एजुकेसनद्वारा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार सम्पन्न रोमाञ्चक खेलमा प्रिन्ट हब किङ्सले एपीएस युनाइटेडलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर एपीएस युनाइटेडले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको प्रिन्ट हब किङ्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १८६ रनको विशाल योगफल […]
काठमाडौंमा हिट एक्सन डे
काठमाडौं । अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा द सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको हो । यस वर्षको हिट एक्सन डे […]
प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर झुकेको छ : एमाले सांसद बराल
काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ । आइतबार सिंहदरबारस्थित संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शिर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक लिने बताए । ‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । […]
गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याएको छ । वैशाख २२ गतेको बैठकबाट नियमावली पारित गरिएको हो । यसअघि २०८२ वैशाख ३० गतेको बैठकबाट पहिलो पटक नियमावली […]
आर्सनललाई पेनाल्टीमा हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिग
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो। आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो। खेलको पाँचौं मिनेटमा काई हार्भेजले गोल गरी आर्सनललाई अग्रता दिलाएका थिए। ६१ मिनेटमा पिएसजीले […]
बजेटबारे के भन्छन् पूर्व अर्थराज्यमन्त्री राणा
ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीगत खर्चभन्दा धेरै ऋण थपिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । पूर्वअर्थराज्यमन्त्री राणाले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्नुहुँदै बजेटमार्फत सार्वजनिक ऋण २२.४१ प्रतिशतले वृद्धि गरिएको भए पनि उत्पादन, रोजगारी सिर्जना तथा व्यापार घाटा न्यूनीकरण गर्ने […]
आयकरको न्यूनतम सीमा १० लाख कायम, भन्सार दरको तह घट्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
काठमाडौं । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्याएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे […]
आजको माैसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
देशको राजनीति सहि ढंगबाट अघि बढेको छैन : सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुन: जागरुक हुनुपर्ने बताए । नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी पनि गरे । सिटौलाले राज्य सञ्चालनका […]











