सरकारमा जान नदिने प्रयास भैरहेको एमाले अध्यक्ष ओलीको गुनासो

आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ । भक्तपुर आएर एमाले अध्यक्ष ओलीले सरकारमा जान नदिने प्रयास भैरहेको भनेका हुन् । सोमबार भक्तपुरको  ताथलीमा एक ज्येष्ठ नागरिक आश्रमको […]

अनेसास बालतारा-जापान कोरिया विशेष हुने

१५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ

असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल […]

शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम यस्तो

आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हुन् । बुधवार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको १४ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष  दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]

ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुला

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ । पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हटाउने निर्णय गराउन सफल ओलीले आफ्नो लागि अध्यक्ष पद सुरक्षित गरेका छन् । पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद हटाउने निर्णय लिएको एक पदाधिकारीले पुष्टि गरेका हुन् । यद्यपी, यसलाई पार्टीको केन्द्रीय समिति […]

पनौतीमा केरा खाने तथा घुम किन्ने जात्रा

काभ्रे, २२ जेठ २०८० काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले […]

नयाँदिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड : राजनीतिक भेटवार्ता शुरु, हेर्नुस् भ्रमण कार्यक्रम

आकाश गजुरेल । तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् । बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता शुरु गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश […]

१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

 सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा […]

रेशम चौधरीको सजाय माफी दिने सरकारको प्रस्ताव राष्ट्रपति कार्यालयले पठायो फिर्ता

काठमाडौं, १२ जेठ । रेशम चौधरीलाई माफी दिन सरकारले गरेको प्रस्तावलाई राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ । नेपाल प्रहरीका उच्च अधिकारीसहित ८ जना प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिन सरकारले गृहमन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति कार्यालयले उक्त प्रस्तावलाई गृह मन्त्रालयमै फिर्ता […]