ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]
फ्लास न्यूज
शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने
भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]
गृहमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसंग उच्चस्तरीय छलफल
काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा स्थिति र पछिल्ला राजनीतिक गतिविधिबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन, राजधानीमा […]
गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु
भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]
मन्त्रालय संख्या घटाउन र प्रदेशप्रति गलत संदेश जाने गतिविधि नगर्न माओवादी केन्द्रको माग
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर ७ कायम गर्न माग गरेको छ। प्रदेश सभा दलका नेता शालिकराम जमकट्टेलको नेतृत्वमा माओवादी केन्द्रले मुख्यमन्त्री इन्द्र बानियाँलाई ८ बुँदे मागपत्र पेश गर्दै हाल कायम १४ मन्त्रालयलाई घटाएर ७ कायम गर्नुपर्ने, कार्य विभाजन स्पष्ट गरी काम कम भएका निर्देशनालय, […]
कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर विषय पढाई हुने
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्। केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा […]
प्रभु महालक्ष्मीको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर […]
भक्तपुरमा तिहार मनाउने नयाँ तिथिमिति सार्वजनिक
भक्तपुर । भक्तपुर नगरपालिकामा बसेको बैठकले यस वर्षको तिहार (स्वन्ती) मनाउने मिति टुंगो गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी र ज्योतिषहरूको उपस्थितिमा बसेको बैठकले तिथिअनुसार मिति निर्धारण गरेको हो। बैठकले कार्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार र दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा […]
वीरगञ्जमा बुवा–छोरा मृत फेला
पर्सा । वीरगञ्जस्थित नयाँ बसपार्क नजिकै भानुचोकमा रहेको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् । भारतका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन् । असोज १९ गतेदेखि होटलमा बस्दै आएका उनीहरू मंगलबार साँझसम्म पनि बाहिर नआएपछि होटलका कर्मचारीले प्रहरीलाई […]
इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक
भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]











