आज मुस्लिम समुदायले ईद-उल-अजहा(बकरईद) पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज देशभर ईद-उल-अजहा (बकर ईद) पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक चाडमध्ये एक हो। बकर इद मुस्लिम समुदायको पवित्र पर्व हो, जुन हरेक वर्ष इस्लामिक पात्रोअनुसार १२औँ महिना जिल हिज्जाको १० गते मनाइन्छ । ३ दिनसम्म यो पर्व मनाइने परम्परा छ । […]

‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा

ललितपुर । साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयको संयुक्त पहलमा ‘नेपाल कोइला बहिर्गमन कार्यक्रम’ घोषणा गरिएको छ। विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा सन् २०४५ सम्म नेपाललाई कोइला प्रयोगमुक्त बनाउने उद्देश्यसहित यो कार्यक्रम सुरु गरिएको हो। काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रिन हाइड्रो ल्याब’का प्रमुख डा. विराज सिंह थापाका अनुसार कोइलाको प्रतिक्रियाशील प्रयोग र […]

सरकार प्रतिपक्षमाथिको प्रतिशोधमा छ : देव गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अग्नी सापकोटा र सूर्यमान दोङलगायतमाथि लागेको मुद्धालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को क्षेत्राअधिकारभित्र पर्ने बताएका छन् । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको स्मरण गराउँदै गुरुङले भने,“अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि […]

छिमेकीसहित आफ्नै बुवाको हत्या आरोपमा युवक पक्राउ

नवलपरासी पश्चिम । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा प्रथम दृष्टिमै पूर्वाग्रहपूर्ण- विपक्षी दलहरु

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु प्रथम दृष्टिमै प्रतिशोधपूर्ण देखिएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए […]

भक्तपुरलाई शहरी विकास मन्त्रालयबाट १ अर्ब बढी बजेट, कहाँ कति?

राजेशमान मानन्धर, भक्तपुर । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ ।  अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो । सो मध्ये पनि भक्तपुर क्षेत्र नं २ मा करिब ७३ करोड २५ लाख बजेट शहरी विकास मन्त्रालयले बिनियोजन गरिदिएको सो क्षेत्रका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाका […]

विद्या भण्डारी निकट सूर्यविनायक नगरपालिका प्रमुख पनि पतञ्जली प्रकरणमा प्रतिवादी

भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा पनि मुछिएका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि एक प्रतिवादी ठहरिएका हुन् । पतञ्जलीको जग्गा खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापालाई पनि प्रतिवादी बनाएको हो । […]

भक्तपुरमा एमालेको प्रदेश स्तरीय प्रचार कार्यशाला

भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा सत्तारुढ दल नेकपा एमालेको बागमती प्रदेश स्तरीय प्रचार कार्यशाला जारी छ । बिहीबारदेखि उनीहरू दुई दिने कार्यशालामा जुटेका छन् । कार्यशालालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमाले स्थापित राष्ट्रवादी शक्ति भएको दावी गर्दै महासचिव पोखरेलले पार्टीविरुद्ध […]

२५ वर्षपछि मानिस कहिल्यै नमर्ने भविष्यविदको दावी

न्यूजकारखाना, काठमाडौं । अमरताको विचार मानव सभ्यताको शुरुवातसँग जोडिएको छ।  वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ । आज हामी यस्तो […]

चाँगुनारायणमा भक्तपुर नगरपालिकाको चासो

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा चाँगुनारायण नपा–६ स्थित खानेपानीको मुख्य श्रोत मुहानपोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। खानेपानीका मुहानहरू सुक्दै जानु र प्रदूषण बढ्नुको मुख्य कारण मानवीय गतिविधि रहेको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानी आपूर्तिमा समस्या तीव्र बन्दै गएको बताए। उनले वन विनासका कारण पनि […]