शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पायो कार्यकारी निर्देशक

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन् ।  सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।  वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कल्पना कुमारी हाल केन्द्रको निमित्त निर्देशकको रुपमा कार्यरत छिन् । चारवर्षका लागि नियुक्त उनलाई अघिल्ला […]

सरकारले अब पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिन्छ : मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा […]

माडवी हिड्मा : नक्सल आन्दोलनको त्यो आदिवासी अनुहार, जसले युद्धनीति नै बदलिदियो

काठमाडौँ । भारतको दक्षिण बस्तरका घना जंगलहरूमा वर्षौंदेखि एक नाम फुसफुसाहट जस्तै गुन्जिरहन्थ्यो— हिड़मा। माड़वी हिड़मा— कसैका लागि ‘खूँखार’ माओवादी कमाण्डर, भने स्थानीय युवाहरूका लागि ‘बस्तरको नायक’। हालै सुरक्षा निकायले एक ‘मुठभेड़’मा उनको मृत्यु भएको दाबी सार्वजनिक गरे पनि बस्तरमा उनको कथा अझै वर्षौंसम्म सुनिरहनेछ। सन् १९८१ मा छत्तीसगढको सुकमा जिल्ला अन्तर्गत पर्ने पुवर्ती गाउँमा […]

मधेसका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नलिन अदालतको आदेश

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, […]

जनस्वास्थ्यतर्फ ललितपुर, अस्पतालतर्फ भक्तपुर र आयुर्वेदमा सिन्धुली सर्वोत्कृष्ट

मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । प्रदेशको राजधानी हेटौँडामा कार्तिक ३० गतेदेखि मंङ्सिर २ गतेसम्म भएको प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापनका अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरलाई उत्कृष्ट जिल्ला घोषित गरिएको हो । जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, […]

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, अब जिल्ला स्तरमा प्रतिस्पर्धा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–स्तरीय नृत्य प्रतियोगितामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना गरेको प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थी समूहले प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए। तीमध्ये गोल्डेन सुनगाभाका विद्यार्थीले प्रस्तुत गरेको समूह नृत्य मौलिकता, तालमेल, अभिव्यक्ति र प्रस्तुतिको प्रवाहका आधारमा सर्वाधिक अंक प्राप्त गर्दै शीर्ष स्थानमा पर्न सफल भएको […]

एनपीएल : विराटनगरको विजयी सुरुवात, पोखरा एभेन्जर्समाथि ५३ रनको जित

काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ […]

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

काठमाडौँ । बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई […]

जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी […]

भोलिदेखि काठमाडौँको फोहोर रोक्ने बञ्चरेडाँडाका स्थानीयको घोषणा

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । आफूहरूलाई धोका भएको भन्दै उनीहरूले यस पटकको आन्दोलन ‘वार कि पार’ […]