काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी […]
फ्लास न्यूज
मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री […]
नेपाल प्रिमियर लिग : चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी […]
तोलामा ३ हजार ८ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । छ दिनमा सुनको भाउ करिब ११ हजार […]
एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल सडकमा उत्रिने
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आफ्ना नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर […]
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका । बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त […]
दुर्गा प्रसाईं पक्राउ
भक्तपुर । मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । मथ्यपुर थिमिको निकोसेरास्थित निवासबाट उनी पक्राउ परेका हुन् । मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका उनलाई मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । वार पारको आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले अवगत गराएका हुन् । मेडिकल ब्यवसायी प्रसाईं पछिल्लो समय राजनीतिक […]
एनपीएल उद्घाटनमा जनकपुर बोल्ट्स काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित
काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा ब्रेन […]
संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । […]











