शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पायो कार्यकारी निर्देशक

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन् । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कल्पना कुमारी हाल केन्द्रको निमित्त निर्देशकको रुपमा कार्यरत छिन् । चारवर्षका लागि नियुक्त उनलाई अघिल्ला कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले स्थापित गरेको लोकप्रियता र केन्द्रलाई सुविधा सम्पन्न ठाउँम स्थानान्तरण गर्ने चुनौती रहेको छ ।

डा पुकार सेवानिबृत्त भएपछि खाली कार्यकारी निर्देशक पद अस्पतालकै चिकित्सकलाई दिनुपर्ने माग सरकारले सम्बोधन गरेकाले चिकित्सकको रुपमा मनपराइएकी डा कल्पना कार्यकारी निर्देशकको रुपमा पनि सफल रहने बिश्वास व्यक्त गरिएको छ ।