सामाजिक शिक्षकहरुको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न, विष्टको अध्यक्षमा बन्यो कार्यसमिति

काठमाडौं । सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युराज दुलालले अधिवेशनको उद्घाटन गरेका थिए । देशभरीका सामाजिक अध्ययन विषयसँग सरोकार राख्ने विश्वविद्यालयका प्रध्यापक, शिक्षा मन्त्रालयका कर्मचारी, विषय विज्ञ तथा विद्यालयतहमा अध्यापन गर्ने शिक्षकहरुको साझा संगठनको रुपमा २०७४ साउनमा स्थापित यस संस्थाले सामाजिक […]

प्रथम राष्ट्रिय परिषदमा शिक्षक महासंघ, उपराष्ट्रपतिदेखि शताब्दीपुरुषको उपस्थिति

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय परिषद ललितपुरको जावलाखेलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिषदको शनिवार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताए । शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने भन्दै उनले […]

अझै आएन संघीय शिक्षा ऐन, संसदमा पारित गराउन मन्त्रालय पूरै असफल

काठमाडौँ । संघीय संसदबाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर वर्षे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि वर्षे अधिवेशन सकियाे । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले नीति टुंगो लगाउनुपर्ने तर्क गर्दै शिक्षा मन्त्रालयमै फिर्ता पठाइदिएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन ८ महिनादेखि […]

शिक्षक सेवा आयोगले भर्खरै निकाल्यो दुई जिल्लाको स्थायी नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप दुई जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै शुक्रबार साँझ खुलातर्फको प्राथमिक तहको सिन्धुली र धादिङ जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको […]

विश्वका केही चर्चित देशमा शिक्षा सम्बन्धि यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौं । संसारका विभिन्न मुलुकहरुका संविधानमा शिक्षाको फरक फरक व्यवस्था रहेका छन् । शिक्षालाई मुलुकमा जारी राजनीतिक नेतृत्व र त्यसको दर्शनले प्रभाव पार्ने भएकाले पनि विभिन्न मुलुकका संविधानमा शिक्षाका फरकफरक व्यवस्था छन् । राजनितीक दर्शन र नेतृत्वका आधारमा शिक्षालाई संविधानमा फरक फरक ढंगले प्रस्तुत गरिएको छ । चीन, क्युवा लगायतका कम्युनिष्ट मुलुकहरुको संविधानमा कम्युनिष्ट दर्शनमा […]

शिक्षकहरुलाई बढुवा गर्न छुट अन्तर्वार्ता संचालन गर्नेबारे आयोगले निकाल्यो अन्तिम सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवातर्फको छुट अन्तर्वार्ता संचालन सम्वन्धी सुचना प्रकाशन गरेको छ । छुट अन्तर्वार्ता यही असोज ६ गते शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा दिनको २ बजे उपस्थितका लागि सुचना जारी गरेको छ । विशेष कारणले विभिन्न केन्द्रहरुमा संचालित अन्तर्वार्तामा अनुपस्थित भएकाहरुलाई उक्त सुचना जारी गरेको हो । आयोगबाट […]

सिन्धुपाल्चोक, गोरखा, तनहुँ, कास्की, पर्वतसहित १० जिल्लाको प्राथमिक तहको शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने क्रममा थप जिल्लाको नतिजा पनि प्रकाशन गरेको छ । यसक्रममा सिन्धुपाल्चोक, गोरखा, काभ्रे, तनहुँ, कास्की, पर्वत, धनुषा, सर्लाही, बाग्लुङ, नुवाकाेटसहितका १० जिल्लाको नतिजा पनि प्रकाशन भएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन […]

काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न

काठमाडौं । नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा “नायर अष्ट्रेलियन एजुकेशन फेयर” सम्पन्न भएको छ । नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित शैक्षिक मेलालाई नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बर्डले सम्बोधन गरेका थिए । पिटरले अस्ट्रेलियन […]

भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

जाजरकोट, २ असोज । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका […]

११ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

काठमाडौं १ असोज। संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारी पदपूर्ति गरिने भएको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ । […]