शिक्षकहरुलाई बढुवा गर्न छुट अन्तर्वार्ता संचालन गर्नेबारे आयोगले निकाल्यो अन्तिम सूचना

असोज ६ गते तोकियो अन्तर्वार्ता मिति

काठमाडौं । शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवातर्फको छुट अन्तर्वार्ता संचालन सम्वन्धी सुचना प्रकाशन गरेको छ ।

छुट अन्तर्वार्ता यही असोज ६ गते शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा दिनको २ बजे उपस्थितका लागि सुचना जारी गरेको छ । विशेष कारणले विभिन्न केन्द्रहरुमा संचालित अन्तर्वार्तामा अनुपस्थित भएकाहरुलाई उक्त सुचना जारी गरेको हो ।

आयोगबाट लिइएको २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक बढुवा तर्फ माध्यामिक, निम्नमाध्यामिक र प्रावि तह प्रथम र द्धितिय श्रेणीको लिखित परीक्षामा उत्तिण भई गत भदौ २१ गतेदेखि २२ गतेसम्म विभिन्न केन्द्रहरुमा संचालित अन्तर्वार्तामा अनुपस्थित भई प्रमाण सहितको निवेदन यस आयोगमा पेश गरेका थिए । 

यस्ताे छ सूचना हेर्नुहाेस