काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]
शिक्षा
एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]
हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं
******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]
शिक्षा विधेयक पारित गर्न दबाब दिनुपर्ने पूर्व प्रधानमन्त्री प्रचण्डको जोड
काठमाडौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै […]
नि:शुल्क शिक्षा र स्वास्थ्यले मात्र देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ: मन्त्री खड्गी
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ छ । भक्तपुरको दरबार क्षेत्र स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको १०१औ बार्षिकोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै उनले भनिन्, ” […]
भरतपुरका विद्यालयहरुले महानगरपालिकासँग गरे नतिजा सुधार्ने लिखित प्रतिवद्धता
चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् । पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग […]
निराजनको नेतृत्वमा मगर विद्यार्थी संघ सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम चौतारामा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट निराजन थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुस्मिता रखाल मगर, सचिवमा करुणा रखाल मगर, सह सचिवमा मनिका राना मगर र कोषाध्यक्षमा नवीन थापा मगर निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा निर्वाचित […]
सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)
काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा […]
नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित
काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् । केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । […]
सीपयुक्त जनशक्तिका लागि सीटीईभीटी, वर्षेनी ५ हजार बढी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था
अजय कठायत । आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, […]











