एजेन्सी । इसराइलको आकाश विश्वकै सुरक्षित मध्येमा पर्छ। आयरन डोम, डेविड्स स्लिङ र एरो प्रणालीजस्ता बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीले इसराइलमा ‘शत्रु’ ले प्रहार गर्ने हवाई हतियारहरू आकाशमै नष्ट गर्छ। यी प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई तह–तहमा रोकेर नष्ट गर्न सक्ने क्षमता राख्छन्। पछिल्ला वर्षहरूमा प्यालेस्टाइनबाट हमास, लेबननबाट हिजबुल्लाह लगायतले इसराइलका सहरमा लक्ष्य गरी […]
विश्व
इरानले पहिलो पटक प्रयोग गर्यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल
काठमाडौँ । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानले तीन साताको युद्धमा पहिलो पटक यति […]
स्वास्थ्य संस्थामाथि पुनः आक्रमण—सुडानमा मानवीय संकट गहिरिँदै
दार्फर । सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १३ जना बालबालिका रहेका छन्। वोर्ल्ड हेल्थ अर्गनाइँजेसन (डब्लूएचओ) का महानिर्देशक ट्रेड्रोस अद्धानम घेब्रेयेसुसका अनुसार पूर्वी दार्फर राज्यको राजधानी अल देइनस्थित अल देइन टिचिङ अस्पतालमा शुक्रबार राति आक्रमण भएको हो। उक्त आक्रमणमा दुई महिला नर्स […]
इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम—हर्मुज नखुले ऊर्जा संरचनामा हमला चेतावनी
वासिङ्टन डीसी । डोनाल्ड ट्रंपले इरानलाई ४८ घण्टाको कडा अल्टिमेटम दिएका छन्। उनले विश्वकै संवेदनशील र रणनीतिक तेल पारवहन मार्ग हर्मुज स्टेटलाई बिना कुनै अवरोध पूर्ण रूपमा सञ्चालनमा ल्याउन चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियल मार्फत सार्वजनिक सन्देश जारी गर्दै स्पष्ट शब्दमा चेतावनी दिएका छन्—यदि इरानले तोकिएको ४८ घण्टाभित्र जलडमरू सुरक्षित र […]
इरानी नयाँ वर्षमा रुसी राष्ट्रपति पुटिनको सन्देश – मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् । ‘मस्को(रुसी राजधानी) सधैँ तेहरान(इरानी राजधानी)को वफादार र भरोसायोग्य साथी रहेको छ,’ क्रेमलिन(रुसी राष्ट्रपति भवन)द्वारा जारी वक्तव्यमा भनिएको छ,‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा […]
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध […]
खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो
काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ। अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएपछि भारतले पाँच दिनसम्म केही प्रतिक्रिया दिएको थिएन। संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिए। […]
साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ
काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा […]
इरानमा अमेरिकी स्टेल्थ जेटमै हमला: आधुनिक युद्धको स्वरूप बदलिँदै
इरान । पश्चिम एसियाको आकाशमा एक असाधारण सैन्य घटना सार्वजनिक भएको छ। अमेरिकी सञ्चारसंस्था CNN का अनुसार विश्वकै अत्याधुनिक पाँचौँ पुस्ताका ‘स्टेल्थ’ लडाकु विमान F-35 Lightning II माथि आक्रमण भएपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अड्डामा अवतरण गराइएको छ। घटनाले केवल सामान्य सैन्य क्षतिमा सीमित नरही हवाई युद्धमा पश्चिमी प्रभुत्वमाथि नै गम्भीर प्रश्न उठाएको […]
इरानले आणविक क्षमता पुनर्निर्माण नगरेको अमेरिकी गुप्तचर निकायको खुलासा, ट्रम्पको दाबीमाथि प्रश्न
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशनालयकी निर्देशक तुलसी गब्बार्डले इरानले आफ्नो आणविक संवर्द्धन क्षमता पुनर्निर्माण नगरेको खुलासा गरेकी छिन्। बुधबार अमेरिकी सिनेटको गुप्तचर समितिलाई बुझाइएको लिखित प्रतिवेदनमा गब्बार्डले गत वर्ष अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको र त्यसलाई ब्युँताउने कुनै प्रयास नभएको उल्लेख गरेकी छिन्। यो खुलासाले राष्ट्रपति […]











