ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]

बलिउड अभिनेता राजकुमार रावले गरे आत्मसमर्पण, कारण यस्तो

मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ।  जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित […]

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा […]

१०-१२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्न पुटिनलाई ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँग १०-१२ दिनभित्र युद्धविराम गर्न चेतावनी दिएका छन्। दुई साताअघि नेटोका महासचिव मार्क रूटसँग ह्वाइट हाउसमा भेटेपछि उनले पुटिनलाई युद्ध रोक्न ५० दिनको समयसीमा दिएका थिए। तर बेलायत भ्रमणका क्रममा स्कटल्याण्डमा रहेका ट्रम्पले सोमबार त्यसलाई घटाएका हुन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै […]

तीन वर्षे बालकले पत्ता लगाएका करोडौंको खजाना

काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्। धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ । एउटा सानो […]

हरिद्वारमा भागदौड मच्चिदाँ गयो आधा दर्जन ज्यान

हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ ।  सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।  गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह […]

थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव

बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ ।  थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए । कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भनेको छ कि […]

गाजामा प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषित

गाजा ।  गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ। बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्। यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी […]

बेपत्ता रूसी विमान दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित नरहेको आकलन

काठमाडौँ । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ। बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ। टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो। जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन […]

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको […]