काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– ‘मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।’ उनले आफ्नो […]
विश्व
श्रीलंकामा सेनालाई गोली हान्ने आदेश
कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन। सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ […]
युक्रेन ईयूमा सामेल हुन एक दशक लाग्न सक्ने फ्रान्सका राष्ट्रपतिको भनाई
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेन ईयूमा सामेल हुन एक दशकभन्दा लामो समय लाग्न सक्ने बताएका छन्। सोमबार युरोपेली आयोग (ईयू)को संसदमा सम्बोधन गर्दै म्याक्रोँले यस्तो बताएका हुन्। म्याक्रोँले यसको सट्टामा युक्रेन तत्कालका लागि ईयूमा सामेल हुने प्रक्रिया चल्दै गर्दा समानान्तर युरोपेली समुदायमा सामेल हुन सक्ने बताएका छन्। समानान्तर सम युरोपेली समुदायमा आबद्ध भएपछि […]
युक्रेनको विद्यालयमा रुसको हमला, ६० जना मारिएको आशंका
किभ । पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको छ। क्षेत्रीय गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो । […]
क्युबाको होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते
हवाना । मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । ग्यास चुहावटपछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । ‘विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख […]
ट्विटरको प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा खारेज
न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दा खारेज भएको छ। क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार उक्त मुद्दा खारेज गरिदिएका हुन् । अदालतका न्यायाधीश जेम्स डोनाटोले मुद्दा खारेज गर्ने निर्णयमा भने, ‘संशोधित उजुरीले ट्विटरविरुद्धको पहिलो संशोधन दाबीलाई उचित रूपमा आरोप लगाउँदैन ।’ सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै […]
इराकमा चलेको बालुवाको आँधीले हजार बढी अस्पताल भर्ना
एजेन्सी । इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको […]
युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त
काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन । मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु […]
भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलदै
बैशाख १३, काठमाडौं । भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सञ्चार माध्यमले भने अनुसार राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ संक्रमित मिलाहरू भेटिएको १ बिरामीको मृत्यु […]
अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे
एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको […]