इरानमाथि लगाएको नाकाबन्दी हटाउन अमेरिकालाई साउदीको दबाब

काठमाडौँ । साउदी अरबले अमेरिकालाई इरानमाथि लगाएको नाकाबन्दी हटाउन दबाब दिएको छ। इरान माथिको नाकाबन्दी हटाउन र पुनःवार्ताको टेबलमा फर्कन साउदीले अमेरिकालाई दबाब दिइरहेको भनेर द वाल स्ट्रिट जर्नलले जनाएको छ। नाकाबन्दीले इरानलाई थप उत्तेजित बनाउने र इरानले अन्य महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध पुर्‍याउन सक्ने साउदीलाई डर छ। त्यसैले साउदीले अमेरिकालाई नाकाबन्दी अन्त्य गर्न दबाब हालेको […]

हंगेरीमा १६ वर्ष लामो ‘ओर्बान युग’ शासन ढल्यो, युरोपेली संघ पक्षधर म्याग्यारलाई ऐतिहासिक मत

बुडापेस्ट । युरोपेली संघ (ईयू) को नीतिको कडा आलोचक मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाएका छन्। आइतबार सम्पन्न निर्वाचनमा हंगेरीका नागरिकले ऐतिहासिक रूपमा मतदान गर्दै युरोपेली संघको पक्षमा वकालत गर्ने मध्य-दक्षिणपन्थी नेता पिटर म्याग्यारलाई अत्यधिक मत दिएका हुन्। देशको सुस्त अर्थतन्त्र र बढ्दो महँगीका कारण ६२ वर्षीय ओर्बानको राष्ट्रवादी ‘फिडेज’ पार्टीले म्याग्यारको […]

इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकाले राख्यो ‘अन्तिम प्रस्ताव’, इरानले के भन्यो ?

इस्लामावाद । अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको […]

वार्ताका लागि इरानी र अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुगे

काठमाडौं । इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ । बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ । २१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले सन् २००५ […]

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता हुँदै

काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, […]

चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्षयात्री, प्रशान्त महासागरमा सुरक्षित अवतरण

काठमाडौँ । नासाको महत्वाकांक्षी आर्टेमिस–२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन्। उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको बिबिसीले जनाएको छ। नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे समुद्रमा अवतरण गरेको हो। कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्। ‘केही शानदार […]

साउदीमाथि आक्रमण र स्ट्रेट अफ होर्मुजका कारण मूल्यमा भारी वृद्धि

काठमाडौँ । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएको नयाँ आक्रमण र सामरिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज बन्द भइरहने जोखिमका बिच शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। अमेरिका र इरानबिच दुई साताका लागि युद्धविरामको सहमति भए पनि बजारमा त्यसको प्रभाव न्यून देखिएको छ भने आपूर्तिमा अवरोध आउने त्रासले लगानीकर्ताहरू सशंकित बनेका छन्। शुक्रबार बिहानी कारोबारमा […]

पुल र ऊर्जा केन्द्र जोगाउन भन्दै इरानीहरूले रातभर जाग्राम बसेर बनाए मानव साङ्लो, विश्वभर चर्चा

काठमाडौं । इरानलाई होर्मुज जलसन्धि खोल्न वा नागरिक पूर्वाधारहरूमा भीषण आक्रमणको सामना गर्न डोनाल्ड ट्रम्पले धम्की दिएसँगै इरानी अधिकारीहरूले युवाहरूलाई देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन आह्वान गरे । इरानी सञ्चारमाध्यमहरूले तेहरान नजिकै रहेको देशको सबैभन्दा ठूलो ऊर्जा केन्द्रलगायत उत्तर-पश्चिमको ताब्रिजमा मानिसहरू विद्युत् केन्द्रहरू बाहिर जम्मा भई इरानी झन्डा फहराइरहेको र ब्यानर बोकिरहेको देखाएका […]

युद्धविराम सम्झौतालाई औपचारिक पुष्टि गर्दै इरानले भन्यो : हाम्रो हात अझै ट्रिगरमै छ

तेहरान। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। मेहर न्युज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यअनुसार इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि यो निर्णय लिइएको हो। इरानले यस सम्झौतालाई आफ्नो देशको ठूलो जीतका रूपमा व्याख्या गर्दै स्थायी शान्तिका लागि अब पाकिस्तानको इस्लामावादमा वार्ता हुने जानकारी […]

अन्तिम समयमा अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति

वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन्। ट्रम्पको यो कदमलाई एक आकस्मिक मोडका रूपमा हेरिएको छ, किनकि मंगलबार मात्रै […]