बुखारेष्ट– रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि […]
विश्व
भारतका चर्चित वामपन्थी युवा नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश
काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि […]
न्यायाधिशको भेषमा अदालत भित्र छिरेकाले गोली चलाउँदा ‘मोस्ट वान्टेड ग्याङस्टार’सहित तीनको मृत्यु
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए। ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली […]
अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको कोभिड यात्रा प्रतिबन्ध डेढ वर्षपछि हट्यो
वासिंगटन, ५ असोज । अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका […]
अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध
एजेन्सी । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना […]
उत्तर कोरियाद्वार ‘क्रुज’ मिसाइल परीक्षण
एजेन्सी । उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने मिसाईल परीक्षण गरेको छ । प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो । उत्तर कोरियाको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा […]
२९ वर्षदेखि जेलको गोलघरमा राखिएका पेरुका कम्युनिस्ट नेता गोञ्जालोको निधन
लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो । जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको […]
तालिबानले घोषणा गर्यो अन्तरिम सरकार
काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानले सरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् । मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् […]
वासिङटनमा गोली चल्दा तीनको मृत्यु
वासिङ्टन– वासिङ्टन डी।सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ […]
२० वर्षपछि अमिलो मन पादैै अफगानिस्तानबाट पूर्ण रुपमा फर्कियो अमेरिकी सेना
काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको […]










