एजेन्सी । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । समाचारअनुसार उनीहरुबीचको फोन वार्तामा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानी भएको बताइएको छ । यसका अतिरिक्त अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ […]
विश्व
तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने
काबुल । अफगानिस्तानको राजधानी काबलुसमेत कब्जा गरेको इस्लामिक कट्टरपन्थी तालिबानले कब्जामा लिन नसेकेको काबलु नजिकैको पंजशीर उपत्यकाका लडाकुहरुसँग वार्ता गर्ने जनाएको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘हामीले पंजशीरका आफ्ना भाइहरुसँग वार्ता गर्न आह्वान गरेका छौँ।’ उनले पंजशीरका जनतामा केही समस्या रहेको भन्दै ती विषयमा वार्ता गर्न प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको जानकारी दिएका छन् […]
अमेरिकी राष्ट्रपति बाइडनको घोषणाः कोरोना खोप लगाउनेलाई १०० डलर दिइने
काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ […]
सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु
काठमाडौँ । भारतका असम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शर्माले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् । बीबीसी हिन्दीका अनुसार असम र […]
बगदादमा बम विस्फोट, कम्तीमा २५ जनाको मृत्यु
काठमाण्डौं । इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्। विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो। सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो। इस्लामिक स्टेट (आईएस) समूहले […]
मिन्दानाओ, फिलिपिन्समा शान्तिको विकासः एचडब्ल्युपीएल
काठमाडौं । हेवेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्ल्यूपीएल) ले मिन्दानाओमा ४० वर्षे द्वन्द्वको लागि शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजनीतिक र धार्मिक अगुवा लगायत स्थानीय प्रतिनिधिहरूलाई प्रस्ताव राखेको छ । नागरिक समूहको नेतृत्वमा रहेको शान्ति सम्झौताको कार्यान्वयन भइरहेको छ बताउँदै सो संस्थाले फिलिपिन्सको सरकार र मोरो जनताबीच शान्ति सम्झौताको लागि शान्तिको वातावरण सिर्जना गर्न […]
अमेरिकाले थप १४ चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध
काठमाडौँ । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वर्ल्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ । धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो […]
दक्षिण कोरियामा कोरोनाको चौथो लहर सुरु
काठमाडौँ । दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले शनिबार पनि चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । गएको २४ घन्टा यता मात्र […]
हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या
काठमाडौं । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । यो आक्रमणमा […]
स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा
एजेन्सी- स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाlथ मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उनले विश्वासको मत गुमाएर राजीनामा दिएका हुन् । यसलाई स्वीडेनमा विषेश अवस्था […]











