अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रामेन्टो सहरमा आइतबार अन्धाधुन्ध गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार यो घटनामा परी थप १२ जना घाइते भएका छन्। क्यालिफोर्नियाको प्रहरीले दिएको जानकारीअनुसार सहरको १० औं र के स्ट्रिटमा यो घटना भएको हो।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त घटना भएको हो।

प्रहरीका अनुसार घटनामा परी घाइते भएका १२ जनाको अहिले उपचार भइरहेको छ।

साक्रामेन्टो प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार मृत्यु हुनेमध्ये ३ जना पुरुष र ३ महिला छन्।

अहिले यो घटनामा संलग्न रहेको मानिसको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
f
यो घटनामा एकजनाभन्दा धेरै मानिसको संलग्नता रहेको पुष्टि भइसकेको प्रहरीको भनाइ छ।

Loading...