युद्धपाेत पठाउन नराेकेपछि चिनले अमेरिकालार्इ दियाे यस्ताे कडा चेतावनी

काठमाडाैं । अमेरिकाले दक्षिण चीन सागरमा अाफ्ना गतिविधि नराेकेपछि चीनले कडा चेतावनी दिएकाे छ । पछिल्लाे समय दक्षिणी चीन सागरमा अमेरिकी क्षेप्यास्त्र बाेकेकाे एक विध्वंसक युद्धपोत प्रवेश गरेकाे चीनले जनाएकाे छ । अमेरिकाकाे उक्त कार्यकाे चीनले कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले यस्ता उत्तेजनात्मक गतिविधि जारी राखे अब चीनले अाफ्नाे तयारी पनि बढाउने चेतावनी दिएकाे […]

जेलमा कैदीहरूबीच ठूलो झडप हुँदा १३ को मृत्यु

एजेन्सी । मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिएका छन् । सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र […]

भियतनाममा भीषण वर्षा । २० को मृत्यु, कैयौँ बेपत्ता

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् । भीषण वर्षाका कारण बाँधहरू भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको […]

अमेरिकी बमवर्षक विमान खसाइदिने उत्तर कोरियाको चेतावनी

एजेन्सी । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले अमेरिकाले आफ्नो देशमाथि युद्धको घोषणा गरेको भन्दै अमेरिकी बमवर्षक विमान खसाइदिने चेतावनी दिएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसहित उत्तर कोरियाली नेतृत्व ‘लामो समय नटिक्ने’ ट्विट गरेको बारे प्रतिक्रिया दिँदै विदेशमन्त्री रिले यस्तो चेतावनी दिएका हुन्। ‘गत सप्ताहन्तमा ट्रम्पले हाम्रो नेतृत्व लामो समय नटिक्ने […]

के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला ?

काठमाडौं, १० असोज । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ । उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । यसका […]

अमेरिकाले हवाई आमक्रण गर्दा ८४ सर्वसाधारण मारिए

एजेन्सी । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. । मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ । यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी […]

ट्रम्पले लगाए उत्तर कोरियासहित ८ देशमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध

US president Donald trump

एजेन्सी । अमेरिका र उत्तर कोरियाका बीच तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा खतरा रहेको भन्दै यात्रा प्रतिबन्धको नयाँ सूची जारी गरेका छन् । यस प्रतिबन्धअन्तर्गत उत्तर कोरियासहित आठ देशमाथि प्रतिबन्ध लागेको छ । यसअघि ट्रम्पले ६ वटा मुसलमानबहुल देशहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । आइतवार गरिएको ताजा घोषणापछि अब इरान, लिबिया, […]

अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान

एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् । केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो […]

उत्तरकोरियामाथि लगाइएको एकपक्षीय नाकाबन्दीको चिनले गर्यो विरोध

एजेन्सी । उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा तनाव उत्पन्न गर्ने कार्य चिनलार्इ ठिक नलागेकाे समेत बताएका छन् । प्रवक्ता लु काङले कोरियाली प्रायद्वीपमा […]

पाकिस्तानसँग नियमित हवाइ सैन्य अभ्यास भएको चिनको दावी

एजेन्सी । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ । चिनियाँ पिपुल्स लिबरेशन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु राम्रो […]