मनिला । फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् ।
राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरू मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए ।
मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् ।
फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ । पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ ।
द्वन्द्व अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरूमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ ।