सर्वोच्च अदालतले गरिदियो विपक्षी पार्टी विघटनको घोषणा

एजेन्सी । कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ । अदालतले पार्टीका एक सयभन्दा बढी नेतालाई बिहीबार पाँच वर्षका लागि प्रतिबन्ध पनि लगाएको छ ।

विगत ३२ वर्षदेखि शक्तिमा रहिरहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो ।

अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भने, “सीएनआरपीलाई विघटन गर्ने र त्यस पार्टीका ११८ जना उम्मेदबारलाई फैसला भएको मितिदेखि पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लगाउने निर्णय भएको छ ।”

न्यायाधीशले सीएनआरपी पार्टीलाई लगाएको आरोपका सीएनआरपी र अमेरिकाले अस्वीकार गरेको छ ।

अधिकारवादीहरूले अर्को वर्ष हुने निर्वाचनलाई अदालतलको आदेशले अवरोध पार्ने देखिएको बताएका छन् । प्रतिपक्षी दल तथा मानव अधिकारवादीहरूले भनेका छन्, “आदेशले स्वतन्त्र न्यायालयको खिल्ली उडाएको छ ।”

“यो कम्बोडियोको लोकतन्त्रको मृत्यु हो,” ह्युमन राइट्स वाचका फिल रोबर्टसनले भने ।

Loading...