काेरियाले अर्बाै युएस डलर बराबरकाे अमेरिकी हतियार किन्न थालेकाे ट्रम्पकाे खुलासा

एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेरियाले अमेरिकाका अर्बाैकाे हतियार किन्न थालेकाे खुलासा गरेका छन् । चीन भ्रमणमा रहेका ट्रम्पले याे कुरा यही यात्राका दाैरान खुलासा गरेका हुन् । ट्रम्पले उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौं अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको बताएका हुन्। गाेप्य रुपमा गरिएकाे याे सम्झाैतालार्इ ट्रम्पले किन सार्वजनिक गरे भन्ने बारेमा पनि यतिबेला प्रश्न उठिरहेकाे छ ।

मंगलबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सोलको व्यालिस्टिक मिसाइलमा रहेको अघिललो भागको वजनलाई घटाउने सहमति पनि भएको बताए।

झण्डै दुई साता लामो एशियाली मुलुकको भ्रमणमा निस्केका ट्रम्पले भने,‘कोरियामा २८ हजार ५०० अमेरिकी सेना रहेको र युद्धक विमान, क्षेप्यास्त्र वा अन्य हतियार जे भएपनि ठूलो संख्यामा अमेरिकी हतियार किन्ने सहमति रहेको छ।’

उनले दक्षिण कोरियाले अर्बौं डलर बराबरको हतियार तथा अन्य सामग्रीको माग गर्ने र यसले अमेरिकाको दक्षिण कोरियासँगको व्यापार घाटापनि घट्ने बताए।

दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपतिले भनेको हतियार सम्झौताबारे पुष्टि गरे। उनले भने, ‘सोल आफ्नो प्रतिरक्षा क्षमतालाई सवल पार्न अमेरिकी रणनीतिक सामग्री किन्ने सम्झौता गर्न छलफललाई अघि बढाएको छ।’

दक्षिण कोरिया र अमेरिकाबीच यस पहिले रहेको सम्झौतामा दक्षिण कोरियाले क्षेप्यास्त्रमा ५०० किलोग्रामको विष्पोटक सामग्री राख्न पाउने रहेकोमा अब हुने क्षेप्यास्त्र सम्झौतामा यसलाई हटाई यसको बदलामा आणविक छाता (न्युक्लियर अम्ब्रेला) राख्ने सहमति हुनेछ। यसले सम्भावित आक्रमणलाई जोगाउनसमेत मद्दत गर्नेछ।

उत्तर कोरियाद्वारा सिर्जना भएको आणविक खतरालाई मध्यनजर गर्दै क्षेप्यास्त्रको अघिल्लो भागमा रहने ‘वारहेड’ लाई सीमित गर्न चाहिरहेको थियो। यसमा दुबै मुलुकका अधिकारीले सेप्टेम्बरमा नै सैद्धान्तिक सहमति जनाएका थिए।

Loading...