क्याटेलोनियामा स्पेनको प्रत्यक्ष शासन लागु, संसद र मन्त्रिपरिषद खारेज

एजेन्सी । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव […]

ट्रम्पले भने, “सी जिनपिङको असाधारण उचाइ”

काठमाडाैं, कार्तिक ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकालमा वासिङ्टन–बेइजिङ सम्बन्ध थप सुदृढ हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले महाधिवेशनमार्फत शक्ति संगठित गरेर ‘असाधारण उचाइ’ प्राप्त गरेको बताएका छन् । महाधिवेशनपछि सी पुनः महासचिवमा निर्वाचित भएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले सो टिप्पणी गरेका हुन् । अर्को कार्यकालका लागि निर्वाचित […]

अष्ट्रेलियामा अधिकांश मानिसको मृत्यु मुटु रोगका कारण

एजेन्सी । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ । सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ । वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण […]

सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा

काठमाडाै‌, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् । चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी […]

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]

साइबर अपराध ह्वात्तै बढेपछि चीन चिन्तित

चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ । यो अवधिमा ३३४ ओटा यस्ता मुद्दा परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता वाङ […]

वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]

सत्ताधारी दल दुई तिहाइ बढी मतले विजयी

एजेन्सी । भेनेजुयलाको सत्ताधारी युनाइटेड समाजवादी पार्टी (पीएसयूभी) ले २३ वटा क्षेत्रीय गभर्नरका लागि भएको निर्वाचनमा दुईतिहाईभन्दा बढी सदस्य जिताउन सफल देखिएको सोमबार जनाइएको छ । राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्रीय गभर्नरका लागि जम्मा २३ स्थानका लागि भएको निर्वाचनमा १७ स्थानमा सत्ताधारी समाजवादी पार्टीले विजय हासिल गरेको छ भने बाँकी पाँच स्थान प्रतिपक्षी […]

सफारी होटलमा खतरानाक विष्फोट, ८५ जनाको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर […]

अपाङ्ग बालबालिकाको शिक्षालयलाई सम्मान

काठमाडौँ, २७ असोज । बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्ने विद्यालयलाई सम्मान गरिएको छ । त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी (इएनटी) विभागअन्तर्गत स्थापित कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको २८औँ वार्षिकोत्सव समारोहमा बाग्लुङ नगरपालिका– १ बाङ्गेचौरस्थित धौलागिरि बहिरा (आ) माविका संस्थापक केबी राना मगर र कोषले बहिरा भैरहवाकी […]