एजेन्सी । इसाई धर्माबलम्बीहरूको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरू घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरू विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द […]
विश्व
इन्डोनेशिया सुनामीमा मृत्यु हुनेको सङ्ख्या ३७० भन्दा बढी
एजेन्सी । इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ । सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ । शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । […]
बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्ज्या शिविर बन्द गरिने
एजेन्सी । बङ्लादेशमा रहेका रोहिङ्ज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ । देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरूलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरूमा रोहिङ्ज्या शरणार्थीहरू बस्दै आएका छन् । उनीहरूलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले […]
भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री शरिफलाई अदालतले सुनायो सात बर्ष जेल सजाय
एजेन्सी । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री […]
सुनामीबाट इन्डोनेसियाबाट मृत्यु हुनेको संख्या २८१ पुग्यो
एजेन्सी । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको […]
मेक्सिको सीमानामा पर्खाल बनाउने बारे अमेरिकी सिनेट र सरकारबीच विवाद
एजेन्सी । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । […]
चीनमा मृत्युदण्डको सजाय ‘घट्दो’
एजेन्सी । चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ, चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए । मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने क्रम बढी रहको भएपनि कति सङ्ख्यामा मृत्युदण्ड […]
अन्तर–कोरियाली पूर्वाधार परियोजनामा अमेरिकी समर्थन
सियोल, ७ पुस । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको सियोलका वरिष्ट कुटनीतिज्ञले बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिफन बाइगनसँगको भेटवार्ता पश्चात् ली डो–हूनले अमेरिकासँग विगतमा भएको सम्झौता बमोजिम कोरियाली युद्धमा उत्तर कोरियामा मारिएका व्यक्तिको अवशेष खोजीसम्बन्धी परियोजना शुरु हुने बताए […]
बेलायतले ल्यायो आप्रवासीप्रति कडा नीति
लण्डन, ४ पुस । बेलायतको युरोपेली संघ (ईयू) बाट बहिर्गमनपछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् । बेलायती गृहमन्त्री साजित जाबिदले भने, “ब्रेक्जिटपछि ईयू सदस्य राष्ट्रहरूबाट बेलायत […]
चिनियाँ समाजवादबारे सी जिनपिङको अर्को एेतिहासिक सम्वोधन
काठमाडाैं । चीनकाे अार्थिक विकास र विश्व राजनीतिका बारेमा चिनियाँ राष्ट्रपति सी विशेष सम्वाेधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ भूमिमा समाजवादको झण्डा अझै उचाईका साथ सदैव फर्फराइरहने बताए । राष्ट्रपति सीले चीनको कम्युनिष्ट पार्टीको नेतृत्व […]










