सिनाइ टापुमा गोली हानाहान हुँदा ४६ जनाको मृत्यु

एजेन्सी । इजिप्टको सिनाई टापूमा भएको गोली हानाहानका क्रममा कम्तीमा ४६ जना लडाकू मारिएका छन् ।

अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकू मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरूले जनाएका छन् ।

“आतङ्कवादीविरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कवादीहरूको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन्” सैन्य प्रवक्ता तामेर अल रेफैले भने ।

घटनास्थलबाट अरू झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकू पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले ३८ वटा सवारी साधन, १४ वटा मोटरसाइकल उनीहरू बस्ने दुई घर नष्ट गरिदिएका छन् ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि उनका समर्थकहरूले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् ।

Loading...