अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

काबुल, १२ भदौ । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिका र तालिबानबीच […]

मोजाम्बिकमा महिला सशक्तीकरण कार्यक्रम शुरु

मापुतो, १२ भदौ । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा आयोजित विशेष कार्यक्रमबीच घोषणा गरिएको उक्त कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन विशेष रुपमा जोड दिएको छ । मन्त्रालयका अनुसार महिलाको शिक्षाको स्तर उकास्न, बैंकबाट ऋण प्राप्त गर्न भइरहेको कमजोर पहुँचमा सुधार ल्याउन […]

केन्यामा चिनिया लगानीमा डायपर उद्योग स्थापना

नैरोबी, १२ भदौ । चिनियाँ लगानीकर्ताहरुले बुधबार पूर्वी अफ्रिकी मुलुक केन्यामा डायपर उद्योग स्थापना गरेका छन् । सुन्डा केन्या इन्डस्ट्रीयल कम्पनीका कारखाना निर्देशक हुआङ शिवोईले कारखाना स्थापनाका लागि तीन करोड ९० लाख डलर लगानी भएको जानकारी दिए । केन्याको राजधानी नैरोबीभन्दा करिब ३० किलोमिटर दक्षिणपश्चिममा स्थापना गरिएको यो कारखाना करिब ३५ एकड जमिनमा फैलिएको छ […]

चाडमा अन्तरजातीय हिंसा

चाड, १२ भदौ । अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक […]

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

मोगादिसु, १२ भदौ । सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ । अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो । सोमाली राष्ट्रिय सुरक्षा निकाय निसा का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु […]

चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

  हाइकाउ, १२ भदौ  ।  चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो । एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना […]

पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण यसरी ठूलो षड्यन्त्रबाट बाँचे

विषाक्त पेडा खाएका कारण अघिल्लो हप्ता अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण एउटा गम्भीर षड्यन्त्रबाट जोगिएको नेपालस्थित पतञ्जलिका उनी निकट एक अधिकारीले बताएका छन्। आफ्ना निकट मित्र भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य समाग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिरहेका आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ। […]

‘भारतसँगको आफ्नो हवाई मार्ग बन्द गर्ने पाकिस्तानको तयारी’

पाकिस्तानले पुन: एक पटक भारतसँगको आफ्नो हवाई मार्ग बन्दको घोषणा गर्न गइरहेको त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले बताएका छन्। मन्त्री चौधरीका अनुसार पाकिस्तानले भारतको लागि हवाई मार्ग पूर्ण रूपमा बन्द गर्नेबारे सोचिरहेको छ। उनका अनुसार अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानको भूमि प्रयोग गर्ने गरेकोमा त्यसमा समेत प्रतिबन्ध लगाइनेछ। त्यसका लागि कानुनी औपचारिकताहरू पूरा गर्ने काम […]

जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

टोकियो, ११ भदौ । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश […]

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

लिमा, ११ भदौ । दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्वविदहरुले यो स्थानमा गत […]