हरारे, २० भदौ । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए।
उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् ।
सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनि मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए ।जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित बन्नु भएको थियो । सन् १९८७ उनि राष्ट्रपति बनेका थिए ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको सुरुका वर्षमा उनि निकै लोकप्रिय भएका थिए ।तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भएको भनि उनि माथि आरोप लागेको थियो ।