पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए

शारन, अफगानिस्तान, ११ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात रेड यूनिटको समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए । सो आक्रमणपछि […]

प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए

कला ए नाउ, अफगानिस्तान,१० भदौ । अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ । लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् । लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप […]

प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष

तेहरान, १० भदौ । इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो । सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रौहानीले भने “पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो […]

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा

मस्को, १० भदौ । रुसले पहिलो मानवाकृत ह्युमनोइड रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएसमा मंङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ […]

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

फैजाबाद, अफगानिस्तान,१० भदौ । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ । अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको […]

अमेजनको डढेलोः ब्राजिल, कोलम्बियाबीच संयुक्त योजनाबारे छलफल

ब्रासिलिया, १० भदौ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरे । पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै […]

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

न्यूयोर्क, १० भदौ । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए । राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत […]

खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना शुरु

नैरोबी, १० भदौ । अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ ।अफ्रिका धान केन्द्र अफ्रिका राइस सेन्टर ले स्थानीय जनताको आयवृद्धि र खाद्य सुरक्षा दुवै अभिवृद्धि गर्न धानसम्बन्धी नयाँ र उपयुक्त प्रविधि विकास गरिने जनाएको छ । तीन वर्षसम्म सञ्चालन हुने […]

तालीम र अभ्यास दक्षता र व्यवसायिकता अभिवृद्धिमा केन्द्रित

काठमाडौँ, १० भदौ । विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको […]

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छ – ट्रम्प

बियारिज, ९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताए । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनुभएका राष्ट्रपति ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो – गएराति चीनबाट फोन आयो, र उनीहरुको भनाई वार्ताको टेबलमा […]