जापानको रक्षा बजेटमा भारी वृद्धि

टोकियो, १३ भदौ । जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ । जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १।२ […]

अफगानिस्तानमा अमेरिकी सेनाको दुई दशक

वासिङटन, १३ भदौ । अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यसपछि अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेको थियो । उक्त आगमनको दुई दशक पुग्न लागेको छ । यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ । वासिङ्गटनले […]

नाइजेरियामा सात महिनामा चौधसय मारिए

अबुजा, १३ भदौ । नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा […]

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो – युएई

अबुधाबी, १३ भदौ । संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ । यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी […]

बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि

वासिङ्टन, १३ भदौ । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या […]

फिलिपिन्सका राष्ट्रपति डुटेर्ते र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ र चीन भ्रमणमा रहेका उहाँका फिलिपिनी समकक्षीबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटमा दुई छिमेकी मुलुकबीच दुईपक्षीय सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ । दुई नेताबीचको भेटमा राष्ट्रपति सीले भने, “अहिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था गम्भीर तथा जटिल परिवर्तनतर्फ गइरहेको छ । तर पनि दुई मुलुकबीच शान्ति, विकास, सहकार्य, […]

काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन् । “म सबै पाकिस्तानीहरूलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले बिहीबार भनेका हुन् । उनले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाउनु भएको पनि बताए । […]

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कोन्टेलाई आग्रह

एजेन्सी । इटालीमा नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ । इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रिमण्डल गठन गर्न औपचारिकरूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उनलाई बाटो खुलेको हो । सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बन्नुभएका कोन्टेविरूद्ध आफ्नै मन्त्रिमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री […]

कश्मीर विवाद: विशेषाधिकार खारेज भएको विषयमा भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने

भारतको सर्वोच्च अदालतले जम्मू-कश्मीर राज्यको विशेषाधिकार खोस्ने सङ्घीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरूको सुनुवाइ गर्ने भएको छ। गत अगस्ट ५ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले सो कदम चालेपछि अहिलेसम्म कश्मीर बन्दको अवस्थामा छ। भारत-प्रशासित कश्मीरको विशेष संवैधानिक मान्यता खोस्ने निर्णयविरुद्ध परेका १४ वटै मुद्दाको सुनुवाइ अक्टोबर महिनाको पहिलो साता हुने बताइएको छ। पाँच न्यायाधीशको संवैधानिक इजलासले […]

बीस तालिबान र तीन आइएस लडाकूद्धारा आत्मसमर्पण

जलालावाद, १२ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जलालाबाद प्रहरीचौकीमा गएर २० जना तालिबान र अरु तीन जना आइएस लडाकूले आत्मसमर्पण गरेका हुन् । उनीहरुले अबदेखि आफूहरु हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियारहरु पनि प्रहरीलाई बुझाएका बताइएको छ । नान्गाहार […]