काठमाडौं, १४ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालै लिएको संसद्लाई पाँच हप्ता निलम्वन गर्ने गरी हालै लिएको बाटोलाई विश्व समुदायले विरोधाभासपूर्ण घटनाका रूपमा लिएको छ । प्रजातन्त्रको नमूना मानिने बेलायतका लागि संसद्मा बहसको बाटो रोकिने अवस्था आउनु पक्कै पनि सहज राजनीतिक निर्णय होइन । ब्रेक्जिटको बहस गर्ने प्रजातान्त्रिक थलो (संसद्ला)ई निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति […]
विश्व
टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन
अंकारा, १४ भदौ । टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ । टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो […]
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
इस्लामावाद, १४ भदौ । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १५ […]
अफगानिस्तानमा सत्र तालिबान लडाकू मारिए
कुन्दुज, अफगानिस्तान, १४ भदौ । अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । […]
कङ्गोमा वर्षदिनमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु
बेनी, डिआर कंगो, १४ भदौ । डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् । उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । […]
५० जना एसपीको भयो एकाएक सरुवा, को कहाँ परे हेर्नुहोस सूची
काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीले आज ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, […]
विपक्षी नेता फर्किएमा तत्काल पक्राउ गरिने प्रधानमन्त्रीको भनाई
कम्बोडिया, १३ भदौ । कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गरिने बताएका छन । कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका क्रममा शुक्रबार उनले विपक्षी नेतालाई पक्राउ गर्ने बारेमा जानकारी दिएका हुन । “यदि उहाँ नोभेम्बर ९ तारिखका दिन स्वदेश फर्किनु भयो भने उहाँलाई […]
जोनसनद्वारा सांसदहरूलाई ब्रेक्जिट प्रक्रिया अवरूद्ध नगर्न आग्रह
लण्डन, १३ भदौ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन ९ब्रेक्जिट० लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिएका छन । प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका लागि हुने ढिलाइले बेलायतको राजनीतिमा सर्वसाधारणको विश्वासलाई दीर्घकालसम्म असर गरिरहने बताए । बेलायतीहरूले यूरोपेली संघबबाट बेलायत बाहिरिने पक्षमा सन् २०१६ मा […]
पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिर पक्षीय कार्यक्रमको नेतृत्व
इस्लामावाद, १३ भदौ । पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गर्नुभएको छ । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । उहाँले आउँदो महिना हुने महासभामा काश्मिरको […]
सुरक्षा कारबाहीमा छ सर्वसाधारण मुक्त
घाज्नी,अफगानिस्तान, १३ भदौ । अफगानिस्तानको घाज्नी प्रान्तको गेरो जिल्लामा लु्केर बसेका तालिबान आतङ्ककारीविरुद्ध बिशेष सुरक्षाबलले गरेको कराबाहीको क्रममा छ जना सर्वसाधारण मुक्त भएका छन् । ती सर्वसाधारण बिहीबार तालिबानको कब्जाबाट मुक्त भएका सेनाले शुक्रबार जारी बिज्ञप्तिामा जानकारी दिएको छ । गेरो जिल्लाको दुर्गम क्षेत्रमा भएको यस विशेष सुरक्षा का्रबाहीमा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको […]







