तेहरान, इरान, २१ भदौ । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका […]
विश्व
अफगानिस्तानमा बाह्र लडाकू मारिए
मजार ए शारिफ, अफगानिस्तान, २१ भदौ । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् । अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला […]
मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा
हरारे, २१ भदौ । जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेका छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताए । मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उनको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र […]
डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु
बहमास, २१ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री […]
एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु
संयुक्त राष्ट्रसंघ, २१ भदौ । काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको […]
चन्द्रमा चन्द्रयान ल्याण्ड गराउन भारतले सकेन, निरास हुँदै फर्किए प्रधानमन्त्री मोदी
काठमाडौं । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को नियन्त्रण कक्षसँग अवतरणको केही […]
चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै
काठमाडौं, २० भदौ । चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आउँदै छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ विदेशमन्त्रालयले वाङको काठमाडौं भ्रमणको कार्यक्रम सार्वजनिक गरेको केही […]
चर्चित हास्यकलाकार तक्मेबुढा विवाह बन्धनमा बाँधिए
पोखरा। चर्चित हास्यकलाकार विल्सनविक्रम राई (तक्मेबुढा) विवाह बन्धनमा बाँधिएका छन् । बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले सरिना लामासँग बिहे गरेका हुन् । सात महिनाअघि बिहे गरे पनि हालै मात्र दुई जनाको तस्बिर सार्वजनिक भएको छ ।इलामकी सरिना र विल्सनको परम्परागत शैलीमा विवाह भएको बताइन्छ । बिहे गरिसकेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । नजिकका […]
पश्चिम अफगानिस्तानमा तालिबानको आक्रमण
हेरात, अफगानिस्तान, २० भदौ । पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा बृद्धि भएको अधिकारीहरूले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौं तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् । फराहका प्रान्तीय गभर्नरका […]
चीनमा ४० लाख नर्स
बेइजिङ, २० भदौ । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ । पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् […]











