मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

हरारे, २० भदौ । अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गरे, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उनको शारीरिक […]

झडपमा परी सोह्र जनाको मृत्यु

तालुृकान, अफगानिस्तान, २० भदौ । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् । दर्काद जिल्लामा भएको यस झडपमा परी आठ […]

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे, २० भदौ । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए। उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत […]

नेपाल बहराइन प्रवेशाज्ञा उन्मुक्ति सम्झौतामा जोड

काठमाडौँ, २० भदौ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिवद्वय डा सैखा राना विन्ट लसा अल खलिफा डा सैखा अब्दुल्ला बिन अहमद बिन अब्दुल्ला अल खलिफलाई नेपालको राष्ट्रिय दिवसका उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा मुख्य अतिथिका रुपमा सहभागिताका लागि निमन्त्रणा दिएका छन । राजदूत सुन्दासले उनिहरुलाई छुट्टाछुट्टै भेटी निमन्त्रणा दिएका मनामास्थित […]

पटाका कारखाना विस्फोट २२ को मृत्यु

  नयाँ दिल्ली, १९ भदौ । भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।   देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा […]

डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु

फिपोर्ट बहमास, १९ भदौ। संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो । द्वीपबाट […]

१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु

काठमाडौँ, १९ भदौ । वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५/६६ […]

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा

लन्डन, १९ भदौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सार्नुभएका ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन् । प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गर्नुभएको थियो, तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । युरोपेली […]

कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु

काबुल, १९ भदौ । अफगानिस्तानको राजधानी काबुलको शास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य कैयौ व्यक्ति घाइते भएका छन । उक्त विस्फोट प्रहरीचौकीनजिकै भएको थियो […]

चीनमा पहिरो नौ जना बेपत्ता

कुन्मीङ्ग चीन, १९ भदौ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ । यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ ।