इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए

बग्दाद, १८ भदौ । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स आइएसआतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो । सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग […]

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

वेलिङटन, १८ भदौ । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ ।  न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् । चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक […]

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला

लन्डन, १८ भदौ । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिए । यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ […]

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

वेलिङटन १८ भदौ । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् । चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक […]

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

भ्लाडिभोस्टक, १८ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री […]

क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए

याउन्डे, १८ भदौ । अफ्रिकी मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र सिएआर मा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन् । क्यामरुनको राजधानी याउन्डेमा आयोजित समारोहमा सम्बोधन गर्दै रक्षामन्त्री जोसेफ बेटी अस्सोमोले सिएआरमा शान्ति स्थापनाका लागि क्यामरुनका सैनिकले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा निर्देशन दिए । […]

बेलायतले अझै पनि ब्रेक्जिट सम्झौता संशोधनको योजना अघि सार्न सक्छ : इयू

ब्रसेल्स, १७ भदौ । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ । यूरोपेली आयोगकी प्रवक्ताले भनिन, “बेलायतसँग बहिर्गमनका सम्बन्धमा कूटनीतिक प्रक्रियाबारे ‘प्राविधिक वार्ताहरू’ भइरहेका छन् तर यसमा कुनै उल्लेखनीय प्रगति भएका छैनन् ।” बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका लागि नयाँ सम्झौता […]

फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन ः चीन

बेइजिङ, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्ने प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो । चिनियाँ ‘नेशनल नारकोटिक कन्ट्रोल कमिसन’ […]

तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

काबुल,१७ भदौ । अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ । काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य १ सय १७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ […]

‘बर्मा’मा तीज

काठमाडौँ, १७ भदौ । म्यान्मारमा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि […]