बेइजिङ, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङले फेन्टानिलको बिक्री र अवैध कारोबारलाई समेत नियन्त्रण गर्ने प्रतिवद्धतालाई पालना नगरेको बताएपछि प्रतिक्रियामा चीनको उक्त भनाई आएको हो । चिनियाँ ‘नेशनल नारकोटिक कन्ट्रोल कमिसन’ […]
विश्व
तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट
काबुल,१७ भदौ । अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ । काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य १ सय १७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ […]
‘बर्मा’मा तीज
काठमाडौँ, १७ भदौ । म्यान्मारमा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो । कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि […]
डोरियन आँधीबाट बहमासमा पाँचको मृत्यु
पोर्टसेन्ट लुसी, १७ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त” को संज्ञा दिनुभयो । द्वीपबाट उद्धार गरिएका हजारौं […]
सरकार समर्थक एघार नागरिक सेनाका सदस्य मारिए
एजेन्सी । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन । याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले […]
डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
लस एन्जेलस १७ भदौ । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । […]
टेक्सासमा बन्दूक आक्रमण गर्ने ३६ बर्षीय यूवक रहेको प्रहरीद्वारा पुष्टि
ह्युस्टन, संयुक्त राज्य अमेरिका, १६ भदौ । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ । सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको […]
विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु
साना, १६ भदौ । साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको […]
म्यान्मारमा भूकम्पबाट मन्दिर र विद्यालयमा क्षति
याङ्गुन, १७ भदौ । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् । देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ । श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो । खिन यु सहरमा रहेका […]
चीनको औद्योगिक उत्पादन घट्यो
बेइजिङ, १६ भदौ । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९।९ विन्दुबाट ५०।४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अंक रहेको यस […]











